global ime bank Long Banner Ad

गृहपृष्ठ पेस्तोल र गोलीसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

पेस्तोल र गोलीसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

पेस्तोल र गोलीसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै स्थानबाट पेस्ताेल, गाेली र खकुरीसहित ४ जनालाई पक्राउ गरेको छ । ललितपुरबाट १, धादिङबाट २ र धनुषाबाट १ जना पक्राउ परेका हुन् ।

प्रहरीले ललितपुरकाे महालक्ष्मी नगरपालिका-४, ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोलीसहित सोही नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो पक्राउ गरेको हाे । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला परेकाे हाे ।

त्यसैगरी, धादिङकाे खनियावास गाउँपालिका-२, अक्थलीबाट म्याग्जिन सहितको १ थान पेस्तोल र १ थान खुकुरीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका-२, झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५  वर्षीय अविनाश तामाङ रहेका छन् । उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई  राखेको अवस्थामा उक्त हतियार बरामद भएकाे हाे ।

धनुषाकाे जनकपुर उपमहानगरपालिका-९, थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई १ थान पेस्तोल र १ सोको १ राउण्ड गोलीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण अधिकारीले पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो ।

उल्लेखित सबै घटनामा थप अनुसन्धान र कानुनी कारबाही भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु