काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुन-चाँदीको मूल्य स्थिर

6.72K
shares

मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यसैगरी चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारदेखि चाँदीको मूल्य भने स्थिर छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेकाे छ । मंगलबार सुन प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।