गृहपृष्ठ गुराँस लाइफले दियो ११ लाखभन्दा बढी मृत्यु दावीको भुक्तानी
गुराँस लाइफले दियो ११ लाखभन्दा बढी मृत्यु दावीको भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ११ लाख रुपैयाँभन्दा बढी रकमको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले धादिङ छत्रे देउराली वडा नम्बर ४ बसोबास गर्ने बिमित स्व. दिवाकर अधिकारीको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको हो ।
कम्पनीको भक्तपुर शाखाका प्रमुख शोभा महतले मृतकको इच्छाइएको व्यक्ति कुमार अधिकारीलाई मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेकी हुन् । स्व. दिवाकर अधिकारीले चलाएको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । स्व. अधिकारीले पाँच लाखको गुराँस सावधिक जीवन बिमा गरेका थिए ।
हकवाला दाई कुमार अधिकारीलाई कम्पनीले मृत्यु दावी वापत बिमांक रकम, दुर्घटना रक्षावरण लाभ रकम र आर्जित बोनस गरी ११ लाख ६७ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । दावी भुक्तानी हस्तान्तरण गर्ने क्रममा शाखा प्रमुख शोभा महतले जीवन बिमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बिमा सबैका लागि अपरिहार्य रहेको बताइन् ।
प्रकाशित समय : १७:०१ बजे



















