global ime bank Long Banner Ad

गृहपृष्ठ कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर । कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए।

बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ । प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताए ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु