गृहपृष्ठ धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा।गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन ।
अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका छन ।
अर्थमन्त्री वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।
भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रकाशित समय : १६:५७ बजे



















