global ime bank Long Banner Ad

गृहपृष्ठ गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि सोमबार आयोजित एक कार्यक्रममा पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पु¥याउने तीन स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो । वडा नं. ४ स्थित स्वास्थ्य चौकी रोहुवा, वडा नं. ११ स्थित स्वास्थ्य चौकी सिसौटिया तथा वडा नं. ३ स्थित स्वास्थ्य चौकी सिमरा भगवतीपुर उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा सम्मानित भएका हुन् ।

त्यसैगरी, खोप कार्यक्रमको प्रवद्र्धन तथा स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याएको भन्दै राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न नियमित खोपको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्थालाई कायम राख्न नियमित अनुगमन, अभिलेखीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु