global ime bank Long Banner Ad

गृहपृष्ठ हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप

हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप

हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप

हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिको निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ ।

सोमबार जारी विज्ञप्तिमा हिजबुल्लाहले दक्षिणी नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ ।

विज्ञप्तिअनुसार इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप पनि लगाइएको छ ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेका थिए । साथै इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगन प्रहार गरेको पनि जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

यसैबीच, लेबनान र इजरायलले दुई पक्षबीच भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि जुन २६ मा वाशिङ्टनमा अमेरिकी मध्यस्थतामा एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

 

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु