काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइएमईको ‘जोड्दै छ नाता अफर’ सार्वजनिक, पाँच जना भाग्यशालीले २२ हजार पाउने

8.87K
shares

इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार करबाहेक उपलब्ध गराउने जनाएको छ ।

यो अफर इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रूपमा मनाउने प्रचलन सुरु गरेको हो ।

विकासोन्मुख देशका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य स्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।