काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

6.18K
shares

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालका अनुसार बिहीबार बिहान बैंक अफ काठमाण्डूलाई खरिद गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम 'ग्लोबल आइएमई बीओके बैंक लिमिटेड' रहनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्ष र सीइओ भने ग्लोबल आइएमई बैंककै रहनेछन् । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । अहिले पनि ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो ।

स्वाप रेसियो लगायतका केही विषयमा भने निर्णय हुन बाँकी रहेको ढकालले बताए ।