global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । नयाँ वर्षको अवसरमा सञ्चालित उपहार योजनाका विजेतालाई सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिक्सले पुरस्कार हस्तान्तरण गरेको हो ।

भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई  किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज २२० एफ एबीएस बाइक पुरस्कार वितरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस योजना अन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भौचरहरु पनि प्रदान गरिएको कम्पनीले बताएको छ । सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म सञ्चालन गरिएको थियो । जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको थियो ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु