global ime bank Long Banner Ad

गृहपृष्ठ जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अमृतभोग कालिकास्थान, काठमाडौंमा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । जस उपर छलफल गरि साधारण सभाले पारित गरेको छ ।

त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित भएको छ । त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भएको छ ।

साथै उक्त साधारण सभाको सु-अवसरमा बिमा सेवा सबैको हातहातका भन्ने उद्देश्यसहित जीआइसी नेपाल नामक एप सञ्चालनमा ल्याएको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु