गृहपृष्ठ बर्षाले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बर्षाले मध्यपहाडी लोकमार्ग अवरुद्ध
दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् ।
यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।
प्रकाशित समय : १५:१७ बजे


















