गृहपृष्ठ एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
एएफसी एसियन कप-२०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनले नेपाललाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल गर्यो । पहिलो हाफको ४३औं मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन् । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो । दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक/एक गोल गरे ।
ओल्वानले खेलको ६९औं मिनेटमा तथा दारदौरले खेलको ८२औं मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अंक तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ ।
प्रकाशित समय : १५:२५ बजे

















