गृहपृष्ठ सिन्धुपाल्चोकमा वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै
सिन्धुपाल्चोकमा वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै
अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका-११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ ।
पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ ।
मेलम्ची नगरपालिका-७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ ।
प्रकाशित समय : १५:३९ बजे


















