nmb bank

गृहपृष्ठ विश्वकप लिग टु : नेपाल र ओमान भिड्दै

विश्वकप लिग टु : नेपाल र ओमान भिड्दै

विश्वकप लिग टु : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार पहिलो  खेल खेल्दैछ । मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

ओमानविरुद्ध मैदान उत्रिदा नेपाल सु:खद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सु:खद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सु:खद सुरुआतको पक्षमा रहनेछ ।

ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु