गृहपृष्ठ आइएमई पे क्यासब्याक अफर सार्वजनिक
आइएमई पे क्यासब्याक अफर सार्वजनिक
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
'प्रिमियम तिरौं क्यासब्याक पाऔँ' नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पेमार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम भुक्तानी गर्दा १ हजार रूपैयाँसम्मको क्यासब्याक पाउनेछन् । अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : ०१:२२ बजे



















