nmb bank

गृहपृष्ठ ‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’

‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’

‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताए ।

उनले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताए । ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यो प्रस्ताव अगाडि आएको छ । यसलाई विस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने । अनि क्रमशः एउटा टुंगोमा पुर्‍याउने कुरा हो नि त । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो । अनि संसदले काम गर्नुपर्‍यो । त्यसपछि त अगाडि बढिहाल्छ नि ।’

प्रकाशित समय : ००:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु