nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंककाे ‘महालक्ष्मी क्रमिक बचत खाता’ : १ हजारमै मुद्दतिको व्याजदर

महालक्ष्मी विकास बैंककाे ‘महालक्ष्मी क्रमिक बचत खाता’ : १ हजारमै मुद्दतिको व्याजदर

महालक्ष्मी विकास बैंककाे ‘महालक्ष्मी क्रमिक बचत खाता’ : १ हजारमै मुद्दतिको व्याजदर

महालक्ष्मी विकास बैंकले नयाँ मुद्दति योजना ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

एक हजार रुपैयाँमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’मा दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज गणना गरी उक्त ब्याज त्रैमासिक रूपमा साँवामा गाभी एकमुष्ठ रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले पाँच वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यस्तै, महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दति खाता योजनाअन्तर्गतको महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय : ००:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु