काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

462
shares

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो ।

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिएको छन् । “अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ । यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उनले भने, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन् । नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ ।”

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई दुई लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । उपविजेता टोलीले एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुई टोलीले जनही ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १०–१० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । आगामी मङ्सिर १४ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल खेलमैदान सञ्चालन हुने छ ।

त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कातिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो । नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिनुभएको हो ।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तरराष्ट्रिय नियम ९फिफाले निर्धारण गरेको नियम०अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । प्रत्येक नगर÷गाउँपालिकाबाट एक टोलीमात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर÷गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर÷गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ ।