वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी भए सभामुख अर्याल
वि.सं.२०८३ कात्तिक २९ आइतवार १७:०२
shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।
छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरीमा पुगेर पूजाको अवलोकन गरेका छन् । उनले त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका छन् ।
श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उपस्थिति रहेको थियो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार श्रद्धालुहरूले पोखरीमा पूजा आराधना गरेका छन् ।

























