काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान

6.28K
shares

ai logo सारांश

  • चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ ।
  • चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् ।
  • चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स -याकमा गरिएको हो ।

काठमाडौं । चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् ।

यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स -याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको हो ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा गुरुत्वाकर्षणका कारण परमाणुलाई अत्यन्त न्यून तापक्रममा पु-याउन कठिन हुन्छ । तर अन्तरिक्षमा गुरुत्वाकर्षणको प्रभाव न्यून हुने भएकाले परमाणुहरू स्वतन्त्र रूपमा तैरिन सक्छन् । यसले परमाणुलाई अझ कम तापक्रममा चिस्याउन सम्भव बनाउँछ ।

वैज्ञानिकहरूले रुबिडियम परमाणुको तापक्रम सामान्य कोठाको तापक्रम (करिब ३०० केल्भिन) भन्दा १४ अर्डर अफ म्याग्निच्युड कम हुने स्तरमा झारेका हुन् । केल्भिन तापक्रम मापन गर्ने एकाइ हो भने पिकोकेल्भिन एक केल्भिनको एक खर्ब भागको एक भाग बराबर हुन्छ ।

यसअघि सबैभन्दा कम तापक्रम हासिल गर्ने कीर्तिमान सन् २०२१ मा जर्मन वैज्ञानिकहरूको टोलीले बनाएको थियो । उक्त टोलीले ३८ पिकोकेल्भिन तापक्रम हासिल गरेको थियो । चीनले अहिले त्यसलाई समेत पछि पार्दै ९.७ पिकोकेल्भिनको नयाँ कीर्तिमान बनाएको हो ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत सांघाई इन्स्टिच्युट अफ अप्टिक्स एन्ड फाइन मेकानिक्सका पार्टी सचिव चेन वेइबियाओले अति चिसो परमाणुलाई पिकोकेल्भिन तहसम्म पु-याउने सम्पूर्ण प्रविधिमा चीनले दक्षता हासिल गरेको बताएका छन् ।

उनका अनुसार परमाणुलाई गहिरो रूपमा चिस्याउने प्रविधिको सम्पूर्ण प्रक्रिया नियन्त्रण गर्न सक्ने क्षमता विकास हुनु चीनको वैज्ञानिक तथा इन्जिनियरिङ उपलब्धिको प्रमाण हो । यसले परमाणु शीतलीकरण प्रविधिमा चीन विश्वकै उन्नत स्तरमा पुगेको पनि उनले बताएका छन् । चिनियाँ वैज्ञानिकहरूको उक्त अनुसन्धान नोभेम्बरमा अन्तर्राष्ट्रिय समकक्षी समीक्षा हुने वैज्ञानिक जर्नल ‘साइन्स’ मा प्रकाशित भएको छ ।