काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार ज्ञवाली

1.26K
shares

ai logo सारांश

  • मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित भएका छन् ।
  • आइतबार सम्पन्न समाजको २७ औं जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
  • अर्जुन बहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल निर्वाचित भएका छन् ।

भैरहवा । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित भएका छन् ।

बुटवलमा आइतबार सम्पन्न समाजको २७ औं जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको उपसभापतिमा कृष्ण प्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सह–सचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा अर्जुन बहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल निर्वाचित भएका छन् । त्यसैगरी गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ । बाँकी दुई सदस्य नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहेका थिए । समितिको सदस्यमा तेजेन्द्र के.सी. र सरोज गौतम रहेका थिए ।

नवनिर्वाचित सभापति ज्ञवालीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताका पक्षमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मानव अधिकारका सवालमा नागरिकलाई सचेत बनाउने, अधिकार हननका घटनामा आवाज उठाउने तथा समाजमा शान्ति, सद्भाव, समानता र न्यायपूर्ण वातावरण निर्माणका लागि संस्थालाई थप क्रियाशील बनाउने बताए ।

मानव अधिकार, लोकतन्त्र र अहिंसाको पक्षमा वकालत गर्दै आएको समाजले रुपन्देहीमा पनि मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, नागरिक अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने निवर्तमान जिल्ला सभापति अर्जुन ज्ञवालीले जानकारी दिए ।