काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

735
shares

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् । यसअघि असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।

पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।