काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाली समाजमा भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री थापामगर

504
shares
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु-याउने बताएका छन।
छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले भने, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो । छठजस्ता मौलिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पु-याउँदै आएका छन् ।”
मुख्यमन्त्री थापामगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको बताए । तराई–मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको बताउँदै उनले राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताए।