काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए

252
shares

काठमाडौं । छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ । काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगी छठी माताको पूजाआराधना गरेका छन् ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

छठ पर्वमा सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ ।