काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकपका फाइनलिस्टबीच भिडन्त, क्रोएसियाले फ्रान्सलाई बराबरीमा रोक्यो

6.2K
shares

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा गत विश्वकपका फाइनलिस्टहरु फ्रान्स र क्रोएसियाबीच भिडन्त भएको छ । खेलमा क्रोएसियाले फ्रान्सलाई बराबरीमा रोक्यो । ५२औँ मिनेटमा फ्रान्सले अग्रता लिए पनि क्रोएसियाले खेल बराबरीमा ल्याएको थियो ।

आन्द्रेया क्रेमारिचले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । गत विश्वकपमा क्रोएसियालाई हराएर फ्रान्सले उपाधि जितेको थियो । फ्रान्स नेसन्स लिगको साविक विजेता पनि हो । तर यसपटक नेसन्स लिगमा फ्रान्सले दुई खेलबाट एक अंक मात्र जोडेको छ ।

पहिलो खेलमा डेनमार्कसँग १-० गोलले पराजित भएको थियो । डेनमार्कसँग खेलेका १० जना खेलाडीलाई क्रोएसियाविरुद्ध स्टार्टिङ इलेभेनमा समावेश गरिएको थिएन ।