काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखीकरण कार्यक्रम

6.73K
shares

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गतका अभिकर्ताहरुका लागि चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

साथै, लमजुङ शाखा कार्यालयमा पनि साेही किसिमकाे कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण विषयमा प्रशिक्षण दिएका थिए । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्न गइरहेको छ ।