काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्राइमलाइफ इन्स्योरेन्स १५ वर्षमा प्रवेश

6.76K
shares

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १५ वर्षमा प्रवेश गरेकाे छ । १५ वर्षमा आइपुग्दा कम्पनीकाे चूक्ता पूँजी २७८ कराेड पुगेकाे छ । यस्तै कम्पनीकाे जीवन बिमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कुल बिमाशुल्क २६०४ करोड, कुल बिमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेकाे छ । त्यस्तै कम्पनीकाे लगानी १८.३४ करोड रहेकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । हाल कम्पनीले १७ प्रकारका बिमा योजना बजारमा उपलब्ध गराइरहेकाे छ । कम्पनीले साे अवसरमा सिरहाकाे मुसहर बस्तीमा भाँडाकुडा सहयाेग गरेकाे छ ।

हाल प्राइमलाइफ इन्स्योरेन्सका ग्राहकहरुले कनेक्ट आइपीएस तथा एनसीएचएल आइपीएस, इसेवा, फोनपे, खल्तीजस्ता अनलाइन सेवामार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसी बिमाशुल्क लगायतको भुक्तानी गर्न सक्नेछन् भने अन्य सम्बन्धित पक्षहरुले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने अवस्थ रहेकाे छ ।

प्राइमलाइफ इन्स्योरेन्सले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानबाट छिटो तथा सहज जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।