गृहपृष्ठ एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीमा काे-काे सिफारिस ?

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीमा काे-काे सिफारिस ?

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्रीमा काे-काे सिफारिस ?

नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी भएकाे छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको हाे ।

मन्त्रीका लागि व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।

एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने मन्त्रीमा बढुवा हुने भएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको ती सदस्यले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री छन् । उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए ।

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु