गृहपृष्ठ माओवादी केन्द्रले ८ लाख सदस्य प्रत्येकबाट सय रुपैयाँ संकलन गर्ने

माओवादी केन्द्रले ८ लाख सदस्य प्रत्येकबाट सय रुपैयाँ संकलन गर्ने

माओवादी केन्द्रले ८ लाख सदस्य प्रत्येकबाट सय रुपैयाँ संकलन गर्ने

नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै रकम संकलन गर्ने निर्णय गरेको हो ।

‘८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने । यसका साथै, बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित समय : २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु