काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

19.59K
shares

कोरोना भाइरसको संक्रमण १२ जनामा देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या १२४ रहेको छ ।

विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसीयू)मा एक जनाको उपचार भइरहेको छ ।