global ime bank Long Banner Ad

गृहपृष्ठ आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्यांकरमा लागलागी भएको थियो ।

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्यांकर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

आगलागीबाट ट्यांकरका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए । घाइतेमध्येका एक  सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको  मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ । 

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु