काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हेटौंडाको मतपत्रमा भेटियो, ‘चोर नेतालाई नो भोट’

13.83K
shares

हेटौंडामा उपमहानगरपालिकाको मतगणना चल्दै थियो । गणकले एउटा यस्तो मतपत्र भेटाए जसमा लेखिएको छ, ‘मेरो मत, चोर नेताहरुलाई नो भोट’ । हेटौंडाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ४ का वासिन्दाले स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा मार्करले ‘नो भोट’ लेखेको फेला परेको हो ।

दुई वटा मतपत्रमा ‘नो भोट’ लेखेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतको पर्खाइमा रहेको प्रतिनिधिहरुले गणकले मतपत्रमा मत होइन मार्करले कोरेर छोडेको बताएपछि हलमा रहेको सबै चकित परेका थिए ।

मतगणनाको क्रममा यस्तो मत पत्र भेटिएपछि हलमा रहेका उम्मेदवारको प्रतिनिधिहरु माझ हाँसो गुञ्जिएको थियो । पछिल्लो समय नेपालमा पनि ‘नो भोट’को विषयमा बहस भइरहेको छ ।

सर्वोच्च अदालतले नो भोटको व्यवस्था गर्न फैसला गरेपनि कार्यान्वयनमा ल्याउन निर्वाचन आयोगले सकेको छैन ।