काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरमा १० हजार मतान्तरले अगाडि बालेन

7.45K
shares

स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मतात्नर अग्रता लिइरहेका छन् । बिहीबार बिहान साढे १० बजेको विवरणअनुसार साहले २१ हजार ८१५ मतसहित अग्रता  लिइरहेका छन् ।

उनलाई एमालेका केशव स्थापितले ११ हजार १२४ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार ३४१ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।