global ime bank Long Banner Ad

गृहपृष्ठ विदेश अध्ययनका लागि ९ महिनामा साढे ४३ अर्ब बाहिरियो

विदेश अध्ययनका लागि ९ महिनामा साढे ४३ अर्ब बाहिरियो

विदेश अध्ययनका लागि ९ महिनामा साढे ४३ अर्ब बाहिरियो

चालु आर्थिक वर्षको ९ महिनामै मुलुकबाट विदेश अध्ययनको शीर्षकमा ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको छ । साउनदेखि चैतसम्मको अवधिमा यो रकम बाहिरिएको हो । जतिबेला सरकारले काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि भन्दै गरेकाे लकडाउन हटाएकाे थियाे ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त रकम १०६.३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा उक्त रकम करिब १४ प्रतिशत घटेको देखिएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशमा अध्ययन खर्च गत साउनमा १४५.४, भदौमा १५४.२ र असोजमा १०१.६ प्रतिशत बढेको थियो । त्यसपछि पनि बाहिरिने रकम बढिरहेको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा विदेशमा आउजाउ सहज थिएन । विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका थिए । निषेधाज्ञा हटेपछि विश्वविद्यालयहरू खुले, आउजाउ पनि सहज भएको लगायत कारण विदेशमा अध्ययन गर्न जाने क्रम बढेको हो ।

पछिल्ला महिनामा खास गरी चीन, अमेरिका, अस्ट्रेलिया, जापान, भारतलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेको छ । ठूलो रकम खर्चेर विदेश गए पनि ती जनशक्तिबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान पुगेको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु