कैलालीको जोशीपुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार १५:२५
shares

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी भए । उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरे ।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भएकी छिन् । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले)का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी भए ।
महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद चौधरी विजयी भएका छन् ।






















