गृहपृष्ठ पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता
पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता
पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् ।
एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।
प्रकाशित समय : १५:०५ बजे



















