काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

7.98K
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ८०० मा कारोबार भएको सुन आज  ९६ हजार ३०० रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।