nmb bank

गृहपृष्ठ मतपरिणाम नआउँदै अनुमानकाे भरमा समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण

मतपरिणाम नआउँदै अनुमानकाे भरमा समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण

मतपरिणाम नआउँदै अनुमानकाे भरमा समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चारमाध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य-तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न भनिएको छ ।

समयमा नै तथ्यांक अद्यावधिक (अपडेट) नहुँदा सञ्चारमाध्यमबाट ‘अडियन्स’मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्यांक अद्यावधिक गरी पत्रकार र सञ्चारमाध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रहसमेत गरेको छ ।

प्रकाशित समय : ०४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु