nmb bank

गृहपृष्ठ आठ स्थानीय तहमा निर्वाचन सम्पन्न

आठ स्थानीय तहमा निर्वाचन सम्पन्न

आठ स्थानीय तहमा निर्वाचन सम्पन्न

राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका-१७, सिरहाको गोलबजार नगरपालिका-११ र सर्लाहीको बरथहवा नगरपालिका-१७, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा आज मतदान भएको छ ।

राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराका विभिन्न स्थानीय तहमा निर्वाचनको मिति तय गर्ने वा वैशाख ३० गते भएको निर्वाचनलाई मान्यता दिने भन्नेमा छलफल चलिरहेको छ ।

स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

प्रकाशित समय : ०२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु