काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युगान्डासँग फेरि हार्‍याे नेपाल

10.76K
shares

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डाविरुद्ध १ विकेटको हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर नेपालले दिएको १०२ रनको लक्ष्य पूरा गर्‍याे । जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३०, फ्रान्कीलिन नाजुम्बाले १७ र जनेत बाबाजीले १६ रनकाे योगदान गरिन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र सबनम राईले दुई-दुई विकेट लिइन्  । त्यस्तै सीताराना मगर र रुबिना क्षेत्रीले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन बनाएको थियो । नेपालका लागि विन्दु रावलले २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले २२ रन बनाउँदा रुविना क्षेत्रीले १७ रन बनाइन् । डली भट्टले ९ बनाउँदा सीता रानामगरले ६ र इन्दु बर्माले ५ रनको योगदान गरिन् । बलिङतर्फ युगान्डाका लागि जेनेत बावाजीले दुई विकेट लिइन् । त्यस्तै इभनेली एनिपो र रिता मुसामानीले एक-एक विकेट लिइन् ।

दुई टोलीबीचको तेस्रो खेल बिहीबार हुनेछ ।