भरतपुर महानगरपालिकाको मतगणना पुन: सुरू
वि.सं.२०७९ जेठ १ आइतवार २१:५२
shares

रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुन: सुरू भएको छ । सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र मुख्य निर्वाचन अधिकृतले सदर भनेपछि विवाद हुँदा रोकिएको मतगणना सुरु भएको हो ।
मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको हो । सूर्य छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित मतगणना उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुन: सुरू भएको निर्वाचन कार्यालयले जनाएकाे छ ।
























