काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

खेलकुद क्लबलाई व्हीलचेयर प्रदान

6.85K
shares

द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, एबिलिटी डेभलप्मेन्ट सोसाइटी अफ नेपाल र ब्रिटिस दूतावासका आयन एट्फिल्डले जावलाखेल व्हीलचेयर खेलकुद क्लबलाई आइतबार सहयोगस्वरुप व्हीलचेयर प्रदान गरेका छन् ।

करिब ७ लाख मूल्य बराबरको ७ थान व्हीलचेयर प्रदान गरिएको क्लबका अध्यक्ष भरत बीसीले जनाएका छन् । त्यसमा एट्फिल्डको सहयोग व्यक्तिगत हो । ललितपुर महानगरपालिकाअन्तर्गत महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल लगायतले जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा आयोजित एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे ।