वैवाहिक बन्धनमा बाँधिए रोहित पौडेल
वि.सं.२०८३ मंसिर १० बिहीवार १५:०३
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।
रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।
उनका विवाहका तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ ।

























