काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरका किसान तोरीखेतीतर्फ आकर्षित

1.07K
shares

ai logo सारांश

  • पूर्वी पहाडी जिल्ला भोजपुरका किसानहरु तोरीखेतीमा आकर्षित हुन थालेका छन् ।
  • तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढ्न थालेको छ ।
  • तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले किसानमा आकर्षण बढ्दो छ ।

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका किसानहरु तोरीखेतीमा आकर्षित हुन थालेका छन् । तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढ्न थालेको छ । जिल्लामा अधिकांश स्थानका खेतवारीमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।

अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि भोजपुरका किसानहरुमा पनि तोरीखेतीतर्फ आकर्षण बढेको हो।

किसान सिताराम प्रधानले अहिले बारीमा आफूले पनि तोरीखेती लगाएको बताए । बजारमा तोरीको तेलको समेत मूल्य बढदै गएकाले आफूलाई पनि सहज हुने भएकाले तोरीखेती लगाएको प्रधानको भनाई छ ।

आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलकारूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसान तोरीखेतीप्रति आकर्षित हुँदै गएको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ का ज्ञानेन्द्र कार्कीले बताए । उनले भने,‘दलगाउँ क्षेत्रका किसानहरुले पनि तोरीखेती गरेका छन् ।’

बजारमा मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । । तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले किसानमा आकर्षण बढ्दो छ ।

तीन महिना भित्रमा तोरीखेती तयार हुन्छ । पहाडी हावापानीका लागि छिटो पाक्ने बालीकारुपमा तोरीखेतीलाई लिने गरिन्छ । बजारमा तोरीको तेलको माग र मूल्य बढिरहेको अवस्थामा स्थानीय उत्पादन बढाउन सके बाहिरबाट आउने तेलमाथिको निर्भरता पनि घटाउन सकिने स्थानीय हिरा श्रेष्ठको भनाई छ ।