गृहपृष्ठ बुद्ध एयरले ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने

बुद्ध एयरले ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने

बुद्ध एयरले ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने

बुद्ध एयरले ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा बुद्धले रात्रिकालीन उडान गर्न लागेकाे हाे ।

रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्न नागरिक उड्डयन प्राधिकरणले गरेकाे निर्णयलाई स्वागत गर्दै बुद्ध एयरले मे १५ देखि  उडान विस्तार गर्ने भएकाे छ । यी उडानका समयहरु राति ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन् ।

प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले जनाएको छ । रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि विश्वास गरेको छ ।

बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउ-जाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुद्ध एयरले विश्वास लिएको छ ।

काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर ल्याउन लागिएकाे बुद्ध एयरले जनाएकाे छ ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु