गृहपृष्ठ कांग्रेसका पूर्वसांसदसहित ५ जना पार्टीबाट निलम्बित

कांग्रेसका पूर्वसांसदसहित ५ जना पार्टीबाट निलम्बित

कांग्रेसका पूर्वसांसदसहित ५ जना पार्टीबाट निलम्बित

नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेता-कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका-१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर-४ का नेपाल तरूण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर-१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर-२ का तरूण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर-८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

‘नेपाली कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरूद्ध सक्रिय रही पार्टीको विभान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बनको लागि सिफारिस भई आएकोमा सोहीअनुसार निलम्बन गरिएको छ,’ पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । पौडेललाई कांग्रेसले यसअघि नै निलम्बन गरिसकेकाे छ ।

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु