गृहपृष्ठ श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

श्रीलंकामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेकाे बताइएकाे छ ।

उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राति राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका छन् । ‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु,’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको थियो । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका समर्थकहरूले सरकारविरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दंगा फैलिएको थियो ।

केही दिन जारी रहेको हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु