काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

966
shares

ai logo सारांश

  • राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।
  • तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो।

सप्तरी। राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ। तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो।

तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैंपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिइन्।

उनले भनिन्, “बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो। अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैंदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ।’

अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैंदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उनले बताइन्। विवाह व्रतबन्ध, मृत्युु संस्कार घरमा लगाइने पूजा बाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन।

तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताइन्। उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताइन्।

जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए।

उनले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिद–बिक्री गर्नु सकारात्मक पक्ष रहेको बताए। बाँस र माटोका सामग्री खरिद–बिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन।