काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

1.39K
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ तथा अन्य संरचना खासै प्रयोगमा आएको देखिँदैन । यात्रुको आवागमन सहज बनाउन विभिन्न स्थानमा जडान गरिएका उपकरण पूर्ण रूपमा उपयोगमा नआउँदा विमानस्थलका पूर्वाधारको प्रभावकारी उपयोगमाथि प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको बाक्लो भीड लाग्ने आगमन कक्षमा कतै तेर्सो बाटो, कतै साँघुरा गल्ली र कतै प्रयोगमा नरहेका विद्युतीय भर्याङ देखिन्छन् । यात्रु आवागमनका लागि आवश्यक पर्ने थुप्रै संरचना निष्क्रिय अवस्थामा छन् । प्रयोगमा नरहेका विद्युतीय भर्याङ विज्ञापन राख्ने माध्यमका रूपमा भने उपयोग भइरहेका देखिन्छन् ।

विमानस्थलमा यात्रुको चाप व्यवस्थापन र आवागमन सहज बनाउन निर्माण गरिएका संरचना प्रयोगमा नआउँदा तिनको औचित्यमाथि प्रश्न उठेको छ । यात्रुको सुविधाका लागि राखिएका उपकरण सञ्चालनमा ल्याउन नसक्नुले उपलब्ध पूर्वाधारको उपयोगिता माथि नै मा प्रश्न उब्जिएको छ ।